जनकपुरधाम । धनुषामा फर्जि श्रीमती कायम गरेको खुलासा भएको छ । जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका-४ का वडाध्यक्ष रमेश कुमार साहले आफ्नै वडाको मनोज कुमार साह र सिमा कुमारीबीच गैरकानूनी रुपमा श्रीमती कायम गरेको खुलेको हो ।
सोही विषयमा वडाध्यक्ष रमेशसहित १७ जनाविरुद्ध गैरकानूनी रुपमा श्रीमती नाता कायम गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ४ घर भई हाल जनकपुरधाम उप–महानगरपालिका १ बस्ने स्व. मनोजकुमार साहको श्रीमती सिमा महतोले वडा अध्यक्ष रमेश कुमार साह, देवर अरुण कुमार साहसहित १७ जनाविरुद्ध गैरकानूनी रुपमा श्रीमती नाता कायम गरेको विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
‘स्व. मनोज कुमार साह र म सिमा महतोबीच जातीय एवं धार्मिक परम्परा बमोजिम जातीय रितिरिवाज अनुसार एक विवाह हुँदाहुँदै मेरो अनुपस्थितिमा जानकारी बिनै मेरो स्व. श्रीमानको अर्को फर्जी श्रीमती खडा गरेको गैरकानूनी हो,’ दायर गरिएको मुद्दामा भनिएको छ ।
‘हाल श्रीमान् मजोज कुमार साह, ससुरा जीवछ साह र सासु विमला देवी साहको देहावसान भइसकेको र देवर अरुण कुमार साहले सगोलको श्री सम्पति आफ्नो अंश बुझिलिएको अवस्थामा मेरो स्व। श्रीमान्को सम्पतिबाट मलाईसहित छोराछोरीलाई बेदखल गर्न वडा अध्यक्ष रमेश कुमार साहसहित देवर अरुण कुमार साहले प्रपञ्च रचि अर्को विवाहको फर्जी कागजात बनाउनुलाई गैरकानूनी हो,’ मुद्दामा लेखिएको छ ।सभार अनलाइन नेपाल








प्रतिक्रिया