जनकपुर : गाडेको अवस्थामा शव फेला

न्यूज डेस्क     २०८० असार ८, शुक्रबार १३:४५ बजे मा प्रकासित


धनुषा । मधेश प्रदेशको राजधानी जनकपुरधाममा गाडेको अवस्थामा एकजनाको लाश फेला परेका छन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ दुधमती पूलनजिकै गाडेको अवस्थामा आज दिउँसो लाश फेला परेको हो ।

स्थानीयबासीहरुले जानकारी दिएको आधारमा प्रहरीको टोली घटनास्थल पुग्दा बोरामा बाँधेको अवस्थामा सँडेको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

शवको अहिले पहिचान खुल्न नसकेको र हत्या पछि शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top