सबैला :सहकारी सञ्चालक यादव पक्राउ परेपछि बचतकर्ताको रकम फिर्ता गर्न सहमत

न्यूज डेस्क     २०८० असार ९, शनिबार १२:३७ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ७ स्थित श्रमजिवी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामबाबु यादव बचतकर्ताको रकम फिर्ता गर्न सहमत भएका छन् ।

 

वचतकर्ताको रकम लिएर सहकारी संचालक यादव एक वर्षदेखि फरार थिए । पटक पटक आन्दोलन गरेका पीडितहरुले बुधवार उनलाई जनकपुरधाम ९ बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।

 

पक्राउ परेपछि सहकारी संचालक यादव सबै बचतकर्ताको रकम फिर्ता गर्न सहमत भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयमै पीडितहरुसँग भएको छलफलमा सहकारी सञ्चालक यादवले रकम फिर्ता गर्न सहमत भएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

 

उनका अनुसार सहकारी सञ्चालक यादवले १० हजार रुपैयाँसम्म बचत गरेका बचतकर्ताको रकम नगद नै फिर्ता गरे । अन्य बचतकर्ताको रकम साउन मशान्तभित्र फिर्ता गर्ने लिखित प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया





Top