पिपरा गाउँपालिका अध्यक्षको बजेटमा मनोमानी

न्यूज डेस्क     २०८० असार १०, आईतवार ०७:०९ बजे मा प्रकासित


महोत्तरी । पिपरा गाउपालिकाले शनिबार राखिएको ११ औ गाउँ सभाको निति तथा कार्यक्रममा गाउपालिका अध्यक्षले मनोमानी गर्दै परम्परालाइ मिचि आफैं बजेट प्रस्तुत गरेका छन ।

कुनै पनि यस्ता कार्यक्रममा बजेट उप प्रमुख अथवा उपाध्यक्षले प्रस्तुत गर्ने नियम तथा परम्परा रहेता पनि पिपरा गाउपालिकाको तर्फबाट पालिकाको अध्यक्ष यादवले आफैं नियम र परम्परालाइ मिचि १६ पन्ने नीति तथा बजेट प्रस्तुत गरेका थिए ।

आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट र नीति तथा कार्यक्रममा छलफल गरी पास गर्ने उद्देश्यले राखिएता पनि हामीसङ कुनै छलफल नगरी बजेट प्रस्तुत गरेको पालिकाकि उपाध्यक्ष बन्दना पान्डेले बताएकि छिन । पिपरा गाउपालिकाको राम नारायण अयोध्या मा वि भित्र उद्घाटनको औपचारिकता भइरहँदा टेन्टमा बसेका स्थानीयले समेत निति तथा बजेटको विरोधाभास जनाएका थिए ।
गाउपालिका अध्यक्ष यादवको प्रवृति तानाशाही खाले देखिएको छ भने उनले मनोमानी ढँगले अहिलेसम्म सम्पूर्ण काम गर्दै आएको आरोप स्थानीयले लगाएका छ्न।

उक्त कार्यक्रमका दलगत नेताहरूले आफ्नो शुभकामना मनतब्यमा अध्यक्ष राम जानकी यादवलाई सचेत गराउनुका साथै ल्याएको बजेट जनहितमा नरहेको भन्दै बिरोध जनाएका थिए । अघिल्लो बर्षको काम पनि अधुरो रहेको र बजेट्को दुरुपयोग भएको गुनासो गरेका थिए ।

जनप्रतिनिधि र पालिकाको कर्मचारीको साथै केही स्थानीय र संचारकर्मीको मात्रै उपस्थित रहेको सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाका अध्यक्ष यादवले महत्वकांक्षी र निराशामुखी कार्यक्रम मात्रै प्रस्तुत गरेका छन ।

आगामी बर्षको बजेट ४६ करोड ७९ लाख ६५ हजार ३सय ३० अनुमान गरिएको छ भने लक्ष्य र उद्देश्य प्राप्त गर्ने कार्यक्रमलाई पछ्याउँदै नीति तथा कार्यक्रम प्रस्तुत गरिएका र जनभावना अनुरुप नीति तथा कार्यक्रम नल्याईएको कार्यक्रम मा उपस्तिथ जनको गुनासो थियो ।

प्रतिक्रिया





Top