जनकपुरधाम । मधेशी आयोगले ‘मधेश दिवस’ मनाउने निर्णय गरेका छन । आइतबार बसेको आयोगको ८५ औं बैठकमा मधेश दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल भएको हो |
बैठकमा मधेश दिवसको मिति निर्क्यौल गर्ने सम्बन्धमा छलफल भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगले नेपाल र नेपाली, मधेश र मधेशी गौरवान्वित हुने मिति तोक्ने छ । यसका लागि आगामी दिनमा पुन: सरोकारवालासँग छलफल गरिनेछ ।
मधेश दिवस मनाउन उपयुक्त मितिसम्बन्धी सुझावसमेत दिन आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले सबै सरोकारवालाहरूसँग आग्रह गरेका छन् । आयोगले पूर्वमन्त्रीद्वय लालबाबु पण्डित तथा अनिल झा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, पूर्वन्यायाधीश लोकेन्द्र मल्लिक, लोकसेवा आयोगका पूर्वसदस्य ब्रह्मदेव राय, पूर्व सांसद सकलदेव सुतिहारसहितसँग परामर्श गरेको हो ।
प्रतिक्रिया