महोत्तरीमा गोली चलाएपछि यादव गम्भिर घाइते

न्यूज डेस्क     २०८० असार १९, मंगलवार २२:१२ बजे मा प्रकासित


महोत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा गोली प्रहारबाट एक जना गम्भिर घाइते भएको छन ।

रामगोपालपुर नगरपालिका वडा न. १ बसबिट्टि बजार बस्ने ३८ वर्षीय कौशल मण्डलले सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादव माथि गोली प्रहार गरेको छ।

दुइ राउन्ड गरेको गोली प्रहारमा यादवको कन्चट नजिक र अर्को राउण्ड दाहिने कुमको माथी गोली लागि गम्भीर घाईते भएको छ।
उनलाई उपचारका लागि जानकी एकेडेमी हस्पिटल पर्सादेवाड रामगोपालपुरमा लगिएपनि उपचार सम्भाव नभए पछि थप उपचारको लागि जनकपुर स्थित जानकी हेल्थमा पठाइएको छ।

गोलि प्रहार गर्ने कौशल मण्डल र निजले प्रयोग गरेको पेस्तोलकाे गोलि ३ थान सहित प्रहरीले नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कर्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुमन सिंहले हतियार चलाउने मण्डललाई पक्राउ गरी कारबाहीको जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाएकाे जानकारी दिए ।फाइल तस्बिर 

प्रतिक्रिया





Top