महोत्तरी : लेखापाल र कार्यालय सहयोगी १ लाख २५ हजार घुससहित अख्तियारकाे नियन्त्रणमा

न्यूज डेस्क     २०८० असार २०, बुधबार २२:२८ बजे मा प्रकासित


महोत्तरी । महोत्तरीको सम्सी गाउँपलिकाका लेखापाल र कार्यालय सहयोगी १ लाख २५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

 

बुधबार दिउँसो ४ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले रंगेहात नियन्त्रणमा लिएकाे छ।

लेखापाल रोशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ ।

सम्सी गाउँपालिकाको वडा नं. ५ मा संचालन भएको कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बर्दिवासबाट खटिई गएको टोलीले निज लेखापाल र कार्यालय सहयोगी १ लाख २५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासले जनाएको छ।

प्रतिक्रिया





Top