धनुषामा माओवादीलाई ठुलो छति: नगर अध्यक्षसहित छाडेर सयौं कर्याकर्ता एमालेमा प्रवेश

न्यूज डेस्क     २०८० असार २०, बुधबार २२:४८ बजे मा प्रकासित


जनकपुरधाम । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि निर्वाचित धनुषाका एक वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष एमाले प्रवेश गरेका हुन् ।

 

नेकपा माओवादी केन्द्रका शहिदनगर नगरपालिकाका नगर अध्यक्ष समेत रहेका वडाध्यक्ष तनुकलाल यादव एमाले प्रवेश गरेका हुन् । हाल ऊनी भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । एमाले पोलिटब्युरो सदस्य एवम् पुर्वमन्त्री लिलानाथ श्रेष्ठ तथा केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री उमाशंकर अरगरीयाको उपस्थितिमा कांग्रेस, माओवादी तथा नेकपा एसका नेताहरुलाई एमालेमा प्रवेश गराइएको हो ।

एमाले प्रवेश गर्नेमा वडाध्यक्ष यादव सहित नेता बैधनाथ मण्डल, नेपाली कांग्रेस वडा नं. ८ का नेता सुरेन्द्र लखन्दैय, तरुण दल पूर्व क्षेत्रीय सभापति नन्दकिशोर यादव, धनिकलाल कुसियत, ढोकन साफि, नेपाली कांग्रेस वडा न.९ का पूर्व सभापति क्षेत्रीय सदस्य दिलिप भरखेर, वडाध्यक्षका प्रत्यासी शम्भु गोहिवार, नेपाली कांग्रेसबाट निर्वाचित पूर्व वडा सदस्य राजाराम बरही, ऋषिनरायण सिंह, अजय श्रीवास्तव, कांग्रेस नगर सदस्य उपेन्द्र यादव, वडा सचिव ओजिन्द्र कुसियत, नेकपा एकीकृत समाजवादी डुमरियाका नेता उपेन्द्र लखन्दय लगायतका ६ सय जना भन्दा बढी नेता कार्यकर्ता माओवादी, नेपाली कांग्रेस, नेकपा एस लगायतका पार्टी प्रत्याग गरि एमालेमा प्रवेश गरेका हुन ।
उक्त कार्यक्रममा एमाले केन्द्रिय सदस्य संजिव झा सुरज, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया





Top