प्रचण्डभन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका लाग्यो : मेयर बालेन

मधेशपाटी अनलाइन     २०८० असार २१, बिहीबार २२:२५ बजे मा प्रकासित


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेको भन्दै आक्रोश पोखेका छन् । मेयर शाहले प्रचण्ड भन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताए ।

आज राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै मेयर शाहले प्रधानमन्त्री प्रचण्ड र सांसदहरुमाथि व्यंग्यात्मक टिप्पणी गर्दै आक्रोश पोखेका हुन् ।

उनले लेखेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?

प्रतिक्रिया





Top