जनकपुर : होटेलहरू बन्यो असारे मसान्तमा कमिसन खाेरकाे अड्डा

न्यूज डेस्क     २०८० असार २४, आईतवार १२:५१ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधामका कतिपय होटेलहरूमा नेता तथा कर्मचारीहरूका लागि कमिसन उठाउने अड्डा बनेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरमा मन्त्रालयदेखि मुख्य मुख्य कार्यालयहरू समेत रहेकोले अहिले यहाँका होटलहरू कमिसन लिने अड्डा बनेको देख्न सकिन्छ । अबेर रातिसम्म होटेलहरूमा अहिले सरकारी नम्बर प्लेटका मोटरसाईकलदेखि मन्त्रीहरूका गाडीसमेत पार्किङ्ग गरेर राखिरहेको देखिन्छ ।

 

बिहिवार राति २ बजेर १८ मिनेटमा जनकपुरधामस्थित सिटी पार्कमा एकजना प्रदेशमन्त्रीको गाडी होटल बाहिर राखिएको अवस्था भेटायो र होटेलको बैठक कक्ष र २ वटा रुममा बत्ती बलिरहेको थियो । त्यति मात्रै होईन झ्यालबाट बाहिर हेर्दा मन्त्रीको अनुहार पनि देखियो तर, बाहिर मान्छेलाई हेरेपछि उनी झ्यालबाट पछाडी हटे । यो होटेलमा अहिले विशेषगरी प्रदेशको मन्त्री सांसदहरुको लागि अड्डा बनेको छ ।

 

कमिसन लिन उनीहरूका लागि होटेल अहिले सेफ ठाउँ रहेको बुझिन्छ । जनकपुरधामका एकजना निर्माण व्यवसायी भन्छन्, कर्मचारी, जनप्रतिनिधि र मन्त्री लगायत उनीहरुको पिएसम्म सबैलाई छुट्टा छुट्टै कमिसन दिनुपर्छ । र उनीहरुले सो कमिसन लिन होटेलमै बोलाउँछन् ।

जनकपुरधाम केन्द्रित कर्मचारी, मन्त्री र जनप्रतिनिधिहरूका लागि मात्रै होईन जनकपुरधाम बाहिरका व्यक्तिहरूका लागि पनि कमिसन लिने अड्डा जनकपुरधामकै होटेलहरू छन् ।

हुनतः ढल्केवर र बर्दिबासमा पनि लिने गर्छन् । तर, बर्दिबासमा अख्तियार र ढल्केवरमा सेफ होटेलको व्यवस्था नभएर जनकपुरधाम नै उनीहरूको रोजाईमा पर्ने गरेको बुझिन्छ ।

अख्तियारमा मधेस प्रदेशबाटै सबैभन्दा बढी उजुरी दर्ता छन् । प्रदेशका नेता र कार्यकर्ताहरूले नै सरकारी निकायहरूमा काम गर्दा ३० देखि ४० प्रतिशतसम्म कमिसन दिनुपरिरहेको बताउँछन् ।नागरिक मिरर

प्रतिक्रिया





Top