जनकपुरधाम । धनुषामा रोग लागेर मरेका खसी घण्टाेपछि गाडिएका ठाउँबाट उखेलेर खसीकाे मासु बेच्ने आरोपमा एक मासु पसलले प्रहरी पक्राउ परेका छन् ।
उनी विदेहनगरपालिकाको तीनकौरिया चोकमा मासु पसल संचालन गर्दै आएका छन् । शनिबार एक स्थानीयको करिब १५ किलोको बोका रोग लागेर मरेपछि गाडेका थिए ।पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ६ का ३८ वर्षीय अशेश्वर पासवान रहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार गाडेको बोकालाई तीनचार घण्टापछि पासवानले उखेलेर लाएर मासु बनाएर बेचेका थिए । मासु किनेर खाएकाहरुले थाहा पाएपछि प्रहरीमा पासवानविरुद्ध उजुरी दिएका थिए ।
उनलाई आइतबार तीनकौरिया प्रहरीचौकीले पक्राउ गरेको छ । भने आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यायल धनुषा ल्याउन लागिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिएका छन ।








प्रतिक्रिया