मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्बुनजिक दुर्घटना !

न्यूज डेस्क     २०८० असार २६, मंगलवार ११:५० बजे मा प्रकासित


जनकपुरधाम । लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।

उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए ।

दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी छ.. ।

प्रतिक्रिया





Top