रातमाटे दरबन्दी भएका विजय मुखियाको ढल्केवरमा घुमुवा परिचालित

न्यूज डेस्क     २०८० असार २६, मंगलवार १२:४९ बजे मा प्रकासित


जनकपुरधाम । प्रहरी महानिरीक्षक बसन्त कुंवरले संगठन प्रमुख नहुंदै मधेस प्रदेशको प्रहरी प्रमुख हुंदा देखि एउटा अभियान चलाए , त्यो हो काजमा बस्न नपाउने , दरबन्दीमा जानैपर्ने ।

छोटो समय उनी प्रदेश प्रमुख भए पनि उनले यो अभियान चलाए , धेरै कार्यान्वयन पनि गराए । अहिले संगठन प्रमुख भए पछि पनि यस अभियानलाई निरन्तरता दिई रहेका छन् ।

तर, पनि यो अभियान अझै कार्यान्वयनमा आइसकेको छैन मात्रै होइन कि मातहतका निकायले कार्यान्वयन गरेको अवस्था देखिदैन । अनेक बाहनामा पुराना र बदनामलाई राखेर घुमुवाको रूपमा परिचालन गरेर रकम उठाउने काम गरिरहेका छन् ।

प्रदेश नै फरक हेटौंडा स्थित रातमाटे गण दरबन्दी भएका सहायक हवल्दार विजय मुखिया अहिले पनि संगठन र संगठन प्रमुखको नीति विपरीत धनुषाको इलाका प्रहरी कार्यालय ढल्केवरको घुमुवाको रूपमा परिचालित छन् । ड्राइभरको खोल ओढेर उनलाई त्याहां राखिएको छ । ड्राइभर जान्ने र लाइसेन्स भएका धेरै हुन्छन् ।

त्यसमाथि मधेस प्रदेश दरबन्दी भएका गण देखि शिक्षालय हुदै प्रदेश प्रहरीमा पनि धेरै ड्राइभर हुन्छन् । तर प्रदेश नै फरक भएको मात्रै होइन घुमुवा भएर धेरै बदनाम भए पछि प्रहरी मुख्यालयले तानेर धेरै लामो समय नक्साल स्थित गणमा राखेर हेटौंडा रातमाटे गणमा सरूवा भएको व्यक्ति हुन विजय मुखिया ।

तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले छानबिनका लागि मुख्यालय तानेर पछि हेटौंडा गणमा पठाएका थिए । थापा पछि प्रहरी महानिरीक्षक बनेका धिरज प्रताप सिंहले मुखिया लगायतकालाई फेरि मधेस प्रदेशको धनुषामा नै काज गरेर घुमुवाको रूपमा परिचालन गरे ।

शैलेश थापाको पालामा मुख्यालय तानेर कारवाही गरि रातमाटे हेटौंडा गणमा पठाएका धेरै बदनाम घुमुवाहरू धिरजको पालामा फेरि मधेस प्रदेश गएर फेरि घुमुवा भएर असुलीमा नै लागे ।

बर्तमान बसन्त कुंबर प्रहरी महानिरीक्षक भए पछि दरबन्दी जाने अभियानमा धेरै दरबन्दीमा गए तर यी सहायक हवल्दार विजय मुखिया भने गएनन् । उनलाई ड्राइभरको नाममा राखेर अहिले खुलेयाम रकम उठाउने काममा परिचालन गरिएको छ ।

धनुषामा घुमुवाको रूपमा कार्यरत रहदा घुष काण्डमा मुखिया निलम्बनमा समेत परेका थिए । यस्ता बदनामलाई अझै दरबन्दी नपठाएर काठ र गिट्टीबालुवाको धन्दा गर्नेहरूबाट रकम उठाउने काममा लगाउने काम भैरहेको छ ।

जबकि उनीसँगै मुख्यालय तानिएर सो गणमा खटिएका र फेरि काजमा मधेस प्रदेश गएका अरू दरबन्दी हेटौंडा गणमा नै हाजिर भैसकेका छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय धनुषाको प्रशासन फांटमा कार्यरत असई झमक गुरागांईको काण्डले पनि मातहतका सिपाही , हवल्दार आजित बनेका छन् ।

सिपाही देखि तत्कालीन अंचल प्रहरी कार्यालय हुदै संघीय इकाई प्रहरीको प्रशासनमा कार्यरत उनी लकडी धन्दामा पनि संलग्न छन् ।

केही समय महोत्तरीमा कार्यरत रहेपनि बांकी सिपाही देखिको लामो समय धनुषाको प्रहरी प्रशासनमा बिताएका झमलले अहिले मातहतका सीमावर्ती थाना चौकीमा पठाउने नाममा फाइदा उठाउदै आइरहेका छन भने प्रहरी मुख्यालयको कर्मचारी प्रशासनको एसपी, सरूवा हेर्ने डिएसपीसंग मेरो अति नजिकको सम्बन्ध छ भनी धनुषा, महोत्तरी, सर्लाहीमा घुमुवा बसेका तर अहिले उपत्यका लगायत अन्यत्र दरबन्दी भएको कारण गएकाहरूलाई सोही ठाउँमा ल्याइदिन्छु भनी नामहरू संकलन गरेर टिपाउने गरेको समेत हाम्रो समाचारस्रोत बताउँछ ।

तर, मुखिया भने ढल्केका निरीक्षक कविन राईको घुमुवाको रूपमा परिचालित छन् । नव जनप्रहारका साथमा ।

प्रतिक्रिया





Top