भारतीय प्रहरीले मोटरसाइकल चोरीको झुटो आरोपमा एक नेपालीलाई कुटे

मधेशपाटी अनलाइन     २०८० असार २७, बुधबार १९:०५ बजे मा प्रकासित


नवलपरासी /२७ असार। पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्र भारतको ठुठीबारीमा हिजो साँझ कोतवाली भारतीय प्रहरीले चिकिङ गर्द नेपाली मोटरसाइकलका चालक एक युवकलाई भारतिय प्रहरीले कुटेको छन् ।

हिजो साँझ भारतको ठुठीबारी कोतवाली प्रहरीले चेकिङ गरेको समयमा नेपाली मोटरसाइकलमा सवार एक युवकलाई मोटरसाइकल चोरी गरेको भन्दै प्रहरी चौकीको सट्टा आफ्नो निजी निवासको कोठामा लागि कुटपिट गरेको घटना बाहिरी आएको छ ।

नेपाली युवकलाई नेपाली मोटरसाइकल सहित भारतीय प्रहरी चौकी( कोतवाली )लगिएको थियो।जहाँ उक्त युवकलाई सोधपुछ पछि छाडिएको थियो ।

जुन अहिले बजारमा र सीमावर्ती क्षेत्रमा चर्चाको विषय बनेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड १६ जमुनिया बस्ने रामधारी नेपाली नम्बरको मोटरसाइकल लिएर गएराति भारतको ठुठीबारीमा बजार गर्न गएका थिए,यसै क्रममा भारतको ठुठीबारी( कोतवाली) चौकी प्रहरीले चेकिङ गर्दै गर्दा केही सोधपुछ न गरी प्रहरीले युवकलाई ठुठीबारी स्थित मर्चावा नजिक आफ्नो निजी निवासमा कुटपिट गर्न थालेका थिए।

” मोटरसाइकल चालकलाई मोटरसाइकल चोरी भएको भन्दै प्रहरी चौकी नभई मोटरसाइकल लिएर आफ्नो भाडाको कोठा (शान्तिनगर) मा लगेर कुटपिट गर्न थाले । कुटपिटबाट घाईते युवकले छत बाट हाम फालेर भाग्ने प्रयास गरेका थिए ।भाग्यवश तल फोहोरको थुप्रो थियो अन्यथा ठुलो दुर्घटना हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन ।

घटना भएको देखेर प्रहरी दौडिएर नेपाली युवकलाई समातेर प्रहरी चौकीमा लगेर घण्टौं सोधपुछ पछि युवकलाई छोडेका थिए । ती मध्ये एक जना प्रहरी सीसीटीएनएसमा तैनाथ रहेको बताईएको छ ।

उक्त मार्गमा जडान गरिएका सीसीटीभी क्यामेराको गहिरो छानबिन गरे घटनाको सत्यतथ्य बाहिर आउने गाउँले बताउँछन्। भारतीय प्रहरीको यस्तो व्यवहारका कारण त्यही कै स्थानीय हरूले आक्रोश पोखेका छन।

विगतमा पनि नेपालीबाट पैसा असुल्ने गरेको छन् ।
विगतमा पनि ( कोतवाली )भारतीय प्रहरीले चेकिङको नाममा सीमावर्ती क्षेत्रका ठुठीबारी बजार गर्द या अन्न कुनै काम ले जाँदा नेपाली मोटरसाइकल हेर्दै बित्तिकै चेकजाँच गर्ने नाममा पैसा असुल्ने गर्दछ यस्ता धेरै घटना बाहिर आए पनि दुई राष्ट्रको विषय भएकाले नेपाल प्रहरीले कारबाही गर्न लाज मान्छन् ।

भारतीय सीमावर्ती क्षेत्रका स्थानीयहरूले भने “हाम्रो नेपाल- भारतको सम्बन्ध रोटी बेटी रहे सँगै रगतको सम्बन्ध समेत रहेको बताएका छन् तर यस्ता घटनाले गर्दा हामी माफी माग्दै छौ” सीमा नाका ठुठीबारीमा यस्ता घटना पटक पटक हुँदै पनि यस विषयमा दुवै तर्फको सरकार मौन रहेको छ।

प्रतिक्रिया





Top