काम नगरी भुक्तानी लिएको स्थानीयको आरोप

न्यूज डेस्क     २०८० असार २७, बुधबार २२:४७ बजे मा प्रकासित


महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा एक योजनाको काम नसकिदै भुक्तानी गरेको पाइएको छ ।

 

एकडारा गाउपालिका वाडा ४ भंगहियामा २५ गते मध्यरात स्थानीयहरू ले गिट्टी लोड भएको ३ ट्रक्टर र १ जेसीबी नियंत्रणमा लिएका थिए । २४ गते भुक्तानि पाइसकेकाहरूले २५ गते राति सड़कमा गिट्टी छरेर पैसा पचाउने दाउमा रहेको हुन सक्ने स्थानीयको आसंकाको आधारमा आक्रोशित स्थानीयले गाउपालिकामा तालाबन्दी समेत गरेका थिए । पछि अध्यक्षले गुन्डा शैलीमा ताला तोडेको स्थानीय लालबाबु अन्सारीले आरोप लगाएका छ्न ।

वडा नम्बर ४ का राम जतन साहको घर देखि राम जानकी कुट्टी सम्म सड़कमा बालुवा गिट्टीको कामको बिषयमा वडा अध्यक्षले पहिला गुन्डा शैलीमा कुनै पनि प्रश्नको जबाफ दिन्न मानेन पछि विभिन्न बाहाना बनाइ जबाफ दिन तयार भएता पनि स्पष्ट जबाफ दिन सकेनन् ।

तर केहि छिनमै आफ्नो भनाइलाइ आफै पन्छियाउदै आफ्नो ब्यक्तिगत लागानिमा सो काम गाराइ रहेको बाहाना बनाए । सोहि कुराको जबाफ पालिका अध्यक्षसङ मागदा अध्यक्षले पनि छुट्टाछुट्टै किसिमका जबाफ दिए ।पहिला पालिका स्तरको नै काम भएको स्वीकारे पछि आफ्नो लगानीमा काम गराइरहेको वडा भनाइ छ सुनाउदा गाउँपालिका अध्यक्षले पनि भनाइ तुरुन्तै बदलेका थिए ।

एता स्थानीय उक्त कामको विवरण लिन प्रसशकिय अधिकृतको निवेदन समेत बुझाएका छ्न भने यस बिषयमा प्रासशकिय अधिकृत सरोज कुमार सिंहले केहि बोल्न मानेन्न । तोकेको समयमा विवरण नदिदा हामी कडा आन्दोलन गर्ने स्थानीयले चेतावनी समेत दिएका छ्न ।

आसार २४ पछि कुनै पनि काम गर्न नियम नरहे पनि नियमलाइ मिच्दै अहिले पनि जारी नै रहेको छ ।

प्रतिक्रिया





Top