विदेह नगरपालिकामा कुनै पनि निर्णय कार्यान्यवन नगर्न नगराउन अदालतले अन्तरिम आदेश !

न्यूज डेस्क     २०८० असार २८, बिहीबार ०९:२८ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास तत्माले मनोमानी रुपले लुकि-छुपि गलत ढंग बाट नगर सभा गराइएको हुँदा जनकपुर उच्च अदालतमा मुद्दा दायर भएको छ ।

जनकपुर उच्च अदालतमा उप-मेयर आश देवी झा, ३ नम्बर वडाका वडा अध्यक्ष रामश्रेष्ठ मुखिया,४ नम्बर वडाका वडा अध्यक्ष वाजिब प्रमानी,६ नम्बर वडाका वडा अध्यक्ष जयराम मंडल,८ नम्बर वडका वडा अध्यक्ष शम्भु नारायण साह द्वारा सामुहिक रूपमा मुद्दा दायर गराएका छन् ।

मंगलबार आज रिट माथि दुबै पक्षको बहस हुँदा तत्कालकालाई परिषदको कुनै पनि निर्णय कार्यान्यवन नगर्न नगराउन जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरिएको हो ।

यद्यपि, विभिन्न कालखण्डमा उनी मनोमानी रूपमा कामकाज गर्दै आरोप लागेको र विवादमा मिसिएको पात्र हुन् ।

प्रतिक्रिया





Top