शम्भु पण्डित ,जनकपुरधाम । तीन वर्षमा पर्ने मलमास लाग्ने गरेको गेरुका मेला यस वर्ष भब्य रुपमा रहने हो ।
महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा प्रत्येक मलमास लाग्ने गेरुका मेला यस वर्ष भब्य तबरले लागने छ । लोहारपट्टी नगरपालिका वडा नम्बर ४ खुट्टापिपराढीस्थित पवित्र स्नानको रुपमा रहेको गेरुकाधामको गेरुका नदीमा स्नान मेला वषौं देखि लाग्ने गरेकोमा बिगत वर्ष कोरोना भाइरसको हल्ला फैलिसकेकोले नलागेको थियोे ।
लोहारपट्टी नगरपालिका वडा नम्बर ४ मा बाबा श्रीगेरूका मेलामा २४ घण्टा अहिले खटदै छ यूवा नेता समाजसेवी राकेश यादब यूवा समाजसेवी अभिजित दास समाजिक अभियानता सहित रहेका छन ।
हिन्दु धर्मावलम्बीको शास्त्रीय विधि र परम्परा अनुसार प्रत्येक तीन वर्षमा पर्ने मलमास अगामी असाेज २ गतेदेखि सुरु रहने भएको छ । साे मेला भब्य रुपमा लागने हिन्दु आस्था मानिने एक मेला हुन नगर प्रमुख शैलेन्द्रकुमार यादवले जानकारी दिए ।
मेलामा दर्शनार्थीको भिडभाड हुने भएकोले मलमास मेलामा गेरुकाधाम र वरिपरिका क्षेत्रमा पसल, जादु, सर्कस, नाच, तमासा सहित रहने नगर प्रमुख यादवले बताए ।
मलमासमा लाग्ने गेरुकाधामको पवित्र नदीमा स्नान गर्नाले पुण्य प्राप्ती र विभिन्न रोग निको हुने धार्मिक मान्यता रहेको छ ।








प्रतिक्रिया