सिरहा: संवाद फाउन्डेसनको संयोजकमा पंकज शर्मा

न्यूज डेस्क     २०८० श्रावण १, सोमबार ०६:४० बजे मा प्रकासित


लहान  । मधेस प्रदेशको चर्चित पंकज शर्मा उर्फ (पंकज कुमार ठाकुर) को संयोजकत्वमा संवाद फाउण्डेशन सिरहा जिल्ला समिति गठन गरिएको छ । फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा बसेको बैठकले सिरहा कार्यसमिति बिस्तार गरेको हो ।

फाउन्डेसनले शाखा बिस्तारको क्रममा १५ सदस्य गरि शाखा बिस्तार गरेको छ । पंकज शर्मा, गिता ठाकुर, बिकास साह, राजबिर साह, जयप्रकाश शर्मा, ओम प्रकाश साह, श्रवण महरा, फुलगेन पासमान, शशिकान्त रजक, यसै गरि १५ सदस्यहरु रहेका छन् ।

नव कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करले आफ्नो व्यक्तिगत जीवनसँगै फाउण्डेशनका माध्यमबाट सामाजिक कार्यमा पनि योगदान दिन आग्रह गरे । साथै सक्रिय युवाहरुको समूहले आफ्नो सीप र क्षमता प्रदर्शन गरी समाज रुपमान्तरणमा टेवा पु-याउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

सिरहा जिल्लाको संयोजकको जिम्मेवारी पाएका शर्माले आफ्नो उत्तरदायीत्व जिम्मेवारी पूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै आफूलाई विश्वास गरेर दिइएको जिम्मेवारीलाई पूरा गरेर संस्थालाई सक्रिय बनाउने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया





Top