चुनावी नारा पुरा गर्दै वडाध्यक्ष राय : घरघरमा सामाजिक सुरक्षा भत्ताको नविकरण सेवा

न्यूज डेस्क     २०८० श्रावण ६, शनिबार १२:३७ बजे मा प्रकासित


     सबैला(धनुषा)। धनुषाको सबैला नगरपालिका वडा नं ९ वडा कार्यालयले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीलाई नवीकरणको व्यवस्था गरेको छ ।
`समाजका गहना हुन् ज्येष्ठ नागरिक´ भन्ने नाराका साथ वडाबाट हुँदै आईरहेको नवीकरणलाई सहज र सरल बनाउन वडा-अध्यक्ष मनिष कु.राय सहितको टोली प्रत्येक टोलटोलमा पुगेर नवीकरण गरिरहेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै नागरिक अति अशक्त, अपागंता तथा जेष्ठ नागरिक, विधवा, एकल महिला, दलित तथा तोकिएको बालबालिका रहेकाले उनीहरुलाई सहज होस भनेर घरघरमै पुगेर सेवा दिईरहेको वडाध्यक्ष रायले जानकारी दिए ।
यो वार्डमा सामाजिक सुरक्षाभत्ता पाउने सूचीमा १५०० भन्दा बढी  जना रहेका छन ।

नगरपालिकाबाट निरन्तर सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका लाभग्राहीहरुको यहीँ आर्थिक वर्षका लागि नविकरण तथा जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ६८ वर्ष उमेर समुहका नागरिकहरु तथा समाजिक सुरक्षा भत्ता पाउनेको सुचिकृत गर्न घरघरमै पुगेर वडाध्यक्ष रायले सेवा दिईरहेका छन् ।

वडाध्यक्ष राय, सचीव र कार्यालय सहयोगी लगायतको टोलीले लाभग्राहीहरुको घरमै पुगेर नविकरण एवम् सुचिकृतको काम गरिरहेको छ ।
वार्ड नं.९ मा पर्ने तीन गाउँ क्रमशः केलुवामोरमा आजदेखी ३ दिन, कुशमाहामा ३ दिन र भठिहनमा ६ दिन बाकी बसेको दिन वार्ड-कार्यालयमै सेवा दिइने छन्। आज केलुवामोरमा १०० भन्दा बढीले नविकरण गराए।

गाउँ गाउँमा सिहंदरबार आएको भनिएपनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरुलाई झण्झट रहेको भन्दै वडाध्यक्ष रायले भत्ता पनि घरघरमै वितरण गर्ने गरी तैयारी गर्न लागिएको जानकारी दिए ।

निर्वाचनका लागि आफ्नो पक्षमा मत माग्दै गर्दा रायले  सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीलाई नवीकरणको व्यवस्था
वितरणमा भइरहेको समस्यालाई निराकर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अनुरुप आफू निर्वाचित भएपछि उनले घरघरमै पुगेर त्यस्तो नविकरण गर्ने व्यवस्था मिलाएका हुन् ।

प्रतिक्रिया





Top