जनकपुरधाम । जनमत पार्टीले विभिन्न समसामयिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।
उक्त बैठक साउन १८ गते बिहान ७ बजे काठमाडौंमा बस्ने यादवले जानकारी दिए। बैठक क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बस्ने छ।
‘महत्त्वपूर्ण एजेन्डा त छैन। केही नयाँ सदस्य थपिएका छन्। सबै गरेर ३ सय हाराहारी केन्द्रीय सदस्य भएका छौं। आपसमा चिनजान गर्ने र अनुभव बाँड्ने ध्येयले बैठक आह्वान भएको हो,’ प्रवक्ता शरदसिंह यादवले भने।
केन्द्रीय सदस्यहरूलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो ल्याउन भनिएको उनले बताए।








प्रतिक्रिया