मृत्युसंग लडिरहेका पण्डितलाई उपचारको पैसा छैन, श्रीमती भन्छ बचाई दिनुहोस श्रीमान आग्रह

शम्भु पण्डित     २०८० श्रावण ११, बिहीबार ०७:५९ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको सबैला नरपालिका वडा नम्बर ७ मट्टहीका सिकिन्द्र पण्डित करिब डेढ महिनादेखि ३ किलोको मांस बढेको समस्या लिएर काठमाडौंकाे धुली खेल होस्पिटलमा उपचार भइरहेको बताएका छन । उपचार लागि आर्थिक सहयोगकाे अपिल गरेको छ ।

घरको आर्थिक अवस्था नाजुक रहेको बिरामी सीकिन्द्र पण्डितलाई उपचार खर्च नहुँदा जीवन र मृत संग लडिरहेका छन्।

३ किलोको मांस बढेको समस्या देखेपछि पण्डितलाई मांसको अपरेसन गर्नुपर्ने डाक्टरले बताएको छ। होस्पिटलमा दैकिक ३० हजार रुपैयाँ खर्चा हुने उनको श्रीमतीले निलम पण्डितले बताएकी छिन् ।

अप्रेसन खर्च समेत उनले तिर्न नसक्ने अवस्था रहेकोले सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई सहयोगको लागी गिहार गरेका छन्।

सबैला नगपालिका र वडा कार्यालयबाट आर्थिक सहयोग मागन जादा कुनैपनि सहयाेग नगरेको उनका श्रीमती निलम पण्डितले दुःख ब्यक्त गरेकी छिन् ।

बिरामी पण्डितको परिवारमा आमा र श्रीमती निलम पण्डित र १ छोरी रहेका छन्। ज्याला मजदुरी गरेर घर परिवार चलाउदै आएका पण्डित आफै ३ तीन महिना देखी बिरामी परे पछी छोराछोरी र परिवार बिचल्लीत भएका छन्।

पिडित परिवारले सहयोगको लागि सामजसेबी, राजनितीक्रमि संघ संस्था हरुलाई सहयोग गर्ने लागि पिडित परिवारले अपिल गरेका छन।

प्रतिक्रिया





Top