मधेस प्रदेश : हिलैहिलोमा एक युवको शव फेला, अर्का घाइते पछि अस्पतालमा

न्यूज डेस्क     २०८० श्रावण १२, शुक्रबार १६:५९ बजे मा प्रकासित


जनकपुरधाम, साउन १२ गते । सप्तरीमा हत्या भएको अवस्थामा एक युवकको शव फेला परेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० ईनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको हो ।

पैनीको हिलैहिलोमा आज बिहान उनको शव फेला परेको हो । उनको हत्या भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

आजय मण्डल नामका अर्का युवक पनि घाइते अवस्थामा फेला परेका छन् । घाइते युवकको उपचार छिन्नमस्ता अस्पतालमा भइरहेको छ । स्थानीयले दुई समूहको ग्यांग फाइटमा सो घटना भएको हुन सक्ने आशंका गरेका छन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया





Top