सर्लाही। सर्लाहीको नेपालभारत सीमा वारपार व्यापक मात्रामा तस्करी फस्टाएको छ । प्रहरी चाैकी गोरखकालिको मिलेमतोमा सर्लाहीमा सीमा गोरखकालिबाट तस्करी फस्टाएको हो। प्रहरी चाैकी गोरखकालिका असई हस मोदिन मियाँछन्।
गोरखकालि नाकाबाट प्रहरीको सेटिङमा तस्करीकाे लाइन पाउनेहरूमा उमेश यादव ,रन्जित साह , बिजय यादव , दिनेश साह छन्। प्रहरीको संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको छ। सर्लाहीको बलरा, फेनहरा, अर्नाहा, मधुवनी, त्रिभुवननगर, बहादुरपुर लगातको नाकाबाट दैनिक लाखौँको मालसामान खुलेआम नेपालतिर तस्करी भइरहेको छ।
भारतबाट नेपालतिर कपडा, तेल, चिनी, मेसिनरी पार्टस लगायतका सामग्री तस्करी हुने गरेको छ। लामो समयसम्म एउटै युनिटमा इन्चार्ज भएर बसेका प्रहरीहरुको नेपाल र भारत दुवै तिरका तस्करहरु सित उठबस हुने गरेको पाइएको छ। सर्लाहीका स्थानीय तस्करहरु राम ईश्वर यादव, प्रभन्स साह कलावर, नागेन्द्र महतो महबुल मिया -पाडाको तस्कर , बुधु यादव -गुटखा , कपडा , टुनु झा- पेस्ट ,भारतको सीतामढी निवासी केशब झा – मदिरा र नागेन्द्र महतो – गिटी बालुवा सित प्रहरीका इन्चार्जहरुको मिलोमतो रहेको छ। मासिक लाखौँ रुपैयाँ प्रहरीलाई बुझाएर सर्लाहीका तस्करहरुले खुलेआम तस्करी गरिरहेका छन्।








प्रतिक्रिया