संजय सहनी, राैतहट। पुर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर हत्याको दोसिलाई कारबाहीको माग गर्दै रौतहटमा मोटरसाइकल र्याली निकालेको छ।
गौर हत्या काण्डको दोसिलाई कारबाही गर ,आम जनता पार्टी जिन्दावाद,मुख्य दोसि उपेन्द्र यादवलाई कारबाही गर,वीर सहिद अमर रहुन जस्ता नारा सहित पार्टीको जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल,जिल्ला इन्चार्ज अमर साह सहित हजारौं कार्यकर्ताको सहभागीतामा आइतबार दिउँसो गरुडाबाट चपुर सम्म मोटरसाइकल निकालेको हो।
प्रर्दशनकारीहरुले हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएकोले उनलाई तत्काल पक्राउ गर्नु पर्ने माँग गरेका छन । अध्यक्ष यादव सहित दर्जनौं नेताहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी समेत दर्ता रहेको छ ।
सत्र बर्स पहिले २८ जना माओवादी कार्यकर्ताको ज्यान लिने गरी भएको घटनाका दोषीमाथि हालसम्म कारबाही नभएकाले घटित घटनाको दोसिलाई कारबाही गराउन दबाब दिने उद्देश्यले मध्य बजार गरुडा बाट चन्द्रनिगाहपुर सम्म करिब २२ किलोमिटर लामो मोटरसाइकल र्याली निकालिएको पार्टीको नेता एवं जिल्ला ईन्चार्ज अमर साहले बताए ।
विसं २०६३ चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राइस मिल चौरमा माओवादी र तत्कालीन फोरम (हाल जसपा) का बीचमा भएको झडपमा परी २७ जनाको घटनास्थलमै र एक जनाले उपचारका क्रममा ज्यान गुमाउनुपरेको थियो ।
पिडित परिवारहरु अनिश्चितकालीन धर्नामा
पीडित परिवारका सदस्यहरु आफ्नो परिवार जनको निर्मम तरिकाले हत्या हुँदा समेत न्याय नपाएको भन्दैचन्द्रनिगाहपुरमा अनिश्चितकालीन धर्नामा बसेका छन् । मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले पछिल्लो समय न्यायका लागि पीडितहरुले सरकारलाई गुहार्दै अनिश्चितकालीन #धर्नामा बसेका हुन् ।
पछिल्लो समय राष्ट्रिय मानव अधिकार आयोगले यस घटनामा संलग्नहरुलाई कारवाही गर्नु पर्ने प्रतिवेदन सार्वजनिक गरेपनि दोषीहरुलाई कारवाही हुन नसकेको पीडित परिवारजनको गुनासो रहेको छ ।
गौर घटनामा मृत्यु भएका नर्मदेश्वर उपाध्यायकी पत्नी रुपसागर उपाध्यायले भनिन “त्यती निर्मम तरिकाले कुटेर हत्या गर्दा समेत सरकारले अहिले सम्म पीडित परिवालाई न्याय दिलाउन नसकेको गुनासो पोखिन।
के थियो घटना ?
सदरमुकाम गौरमा रहेको राइस मिलको चौरमा मधेशी जनअधिकार फोरम र माओवादी दुवैले मञ्च बनाएर कार्यक्रम गर्न थाल्दा शुरु भएको झडपले विकराल रुप लिदा २७ जनाको ज्यान गएको थियो ।
एकै स्थानमा दुई पक्षको आमसभा हुने भएपछि दुवै पक्षले शक्ति प्रदर्शन गर्दै व्यापक कार्यकर्ता यहाँ ल्याएका थिए । नगर परिक्रमा पछि मञ्चमा पुगेको माओवादी समूह र फोरम समूहले एक अर्काको मञ्च भत्काउन थालेपछि झडप शुरु भएको थियो ।
गौर राइसमिलको उतर पट्टि माओवादी र दक्षिण पट्टि फोरमले कार्यक्रमको लागी मंच बनाएका थिए । प्रहरी प्रशासनको कमजोरीका कारण गौरमा चैत्र ७ गते २७ जनाले ज्यान गुमाएका थिए ।








प्रतिक्रिया