जनकपुरधाम । धनुषामा सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा बुहारीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन ।
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ पोर्तहाकी ७५ वर्षीया बकुलती देवी यादवलाई सोमबार दिउँसो कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले उनकी ३५ वर्षीया माइली बुहारी इन्द्रा यादव र २२ वर्षीया नातिनी सुशिला यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
सुशिला मृतककी जेठो छोराकी छोरी छन् । घरायसी विवादमा बुहारी इन्द्राले आफ्नी सासुलाई धक्का दिएपछि घटनास्थल मै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक शिवराज खड्काले जानकारी दिए ।








प्रतिक्रिया