पत्रकार कुटपिट प्रकरण : प्रहरी असई राजेश्वर महतोलाई निलम्बित

न्यूज डेस्क     २०८० श्रावण १७, बुधबार ००:०२ बजे मा प्रकासित


जनकपुरधाम । सप्तरीका पत्रकार तथा मानवअधिकारकर्मी मनोहरकुमार पोखरेललाई कुटने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महताे निलम्बित भएका छन् ।

समाचार संकलनका लागि पुगेका सोमबार जिल्ला प्रहरी कार्यालय पत्रकार पोखरेललाई असई महतोले दुर्व्यवहार गर्दै कुटपिट गरेका थिए ।

महताेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालयले मधेश प्रहरी कार्यालयलाई सिफारिस गरेको थियोे ।

पत्रकार कुटने प्रहरीका असई राजेश्वर महतोलाई निलम्बनगर्न सिफारिस

मंगलबारदेखि नै लागू हुने गरि उनलाई निलम्बन गरिएको सप्तरी प्रहरीका प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

नेपाल पत्रकार महासंघ, सप्तरीले कुटपिट गर्ने असईलाई कार्वाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएको थियो ।

प्रतिक्रिया





Top