मधेशपाटी,जनकपुरधाम । महोत्तरीकाे एकडारा गाउपालिकामा अति विपन्न परिवारलाइ जीविकोपार्जनका लागि पशुपालन परियोजना अन्तर्गत अनुदानमा भैंसी वितरण गरेको छ ।
जीविकोपार्जनका लागि गाउँपालिका– ४ वटा वडाका बिपन्न परिवारलाइ उन्नत जातका भैंसी वितरण गरिएको छ । वडा नम्बर ४,५,६,७ का ४ परिवारलाई मंगलवार ६ बजे ४ भैंसी वितरण गरिएको समाज बिकास केन्द्रका परियोजना प्रमुख बिरेन्द्र तिवारीले बताएका छन ।
भैसी पाएर आयस्रोत न्यून रहेका परिवार खुसी भएका छन् ।घरपरिवार चलाउन कठिनाइ भोग्नु परेको थियो अब सहज हुने,एकडारा गापा-६ बस्ने सिता देविले बताएकि छिन ।
बिकाश केन्द्रले यो महिना भित्र २० वटा सोही पालिका परिवारलाइ वर्ल्ड भिजनको सहयोगमा भैंसी वितरण गर्ने जनाएका छ्न ।








प्रतिक्रिया