विसुनदेव सरदार,लहान । जनताको हकहितमा विकास निर्माण तथा कानुनी प्रक्रियाबाट विकास गरिरहँदा सिराहाको नवराजपुर गाउँपालिकामा केही विपक्षी काङ्ग्रेसी कार्यकर्ताद्वारा बिथोल्ने प्रयास भएको बताउँछन् पालिका अध्यक्ष शिवउदगार यादव ।
गुण्डा शैलीमा श्रावण ४ गतेका दिन पालिकाका कर्मचारी माथि हातपात २० लाख बराबरको विधुतीय सामग्री अर्थिङ्ग , तार , कीट , एसुलेटर तार लुटेर लगिएको व्यक्ति शिवराम यादवलाई कार्यवाही हुनुपर्छ अध्यक्ष शिवउदगार यादवको ठहर छ ।
सो लुटपाट तथा आपराधिक गतिविधि गर्ने नवराजपुर गाउँपालिका – ३ का शिवराम यादव , सिरहाको नवीन यादव रहेको आजको पत्रकार सम्मेलन मार्फत जानकारी प्राप्त भएको छ ।
अहिले नवराजपुर गाउँपालिकामा जम्मा ऐलानी पोखरी सरकारी पोखरी ७१ ओटा रहेको छ । जुन पोखरीहरु विश्वमोहन यादवको कार्यकालमा लथालिङ्ग अवस्थामा थियोे । पोखरी मात्रै नभएर विश्वमोहन यादव पालिका अध्यक्ष हुदाँ विकासका कुनै काम जनमुखी देखिदैन । तर, पालिकामा पालिका अध्यक्षको रुपमा शिवउदगार यादव ( शिवा ) निर्वाचित भए दिनदेखि पालिकामा विकासको लहर देखिएको छ। जनताको काममा दिनरात एक गरेको नेताको रुपमा शिवा यादव हुन् । जसले जनताको कित्ता काट देखि लिएर सडकदेखि सदनसम्म जनताको कामकाजका लागि अघि बढिरहेको देखिन्छ ।
यतिबेला सो पोखरीहरुलाई पालिकाले व्यवस्थित तथा सौन्दर्यकरण गर्न खोज्दा काङ्ग्रेसका भु.पु पालिकाअध्यक्ष विश्वमोहन यादव र उनका कार्यकर्ता गुण्डागर्दी शैलीमा प्रस्तुत भएको थियो ।
यो सँगै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विधि प्रक्रिया पुरागरी ठेक्का गरिएको शिवउदगार यादव बताउँछन् ।
प्रमाणहरु सुरक्षित रहेकाले कब्जा गरिदै आएको पोखरीहरुको कागजी प्रमाणहरु पालिका मातहतमा सञ्चालनमा ल्याउन प्रयासरत रहेको अध्यक्ष यादवले बताए ।
पालिका अध्यक्ष शिवउदगार यादव बताउँछन् विश्वमोहन यादवकै कार्यकर्ता द्वारा महिला माथि ज्यादती गरिएको प्रमाणहरु सुरक्षित रहेको बताउँछन् ।
पालिकाअध्यक्ष शिवा यादवका अनुसार पालिका भित्रका पोखरीहरुको कुनै निजी तथा कागजी प्रमाण भए , दावी बिरोध गर्ने सुचना समेत प्रकाशित छ ।
तर, पनि कुनै किसिमको कसैले पनि कागजी प्रमाण जुटाउनु भएको छैन ।
सो टेण्डर ठेक्का प्रक्रिया बिथोल्ने प्रयास शिवा यादवको अनुपस्थितमा भएको थियोे । श्रावण ४ गते काठमाडौंमा थियो । लम्पी स्किन रोगको विज्ञापन खुलाउने विषयमा काठमाडौंमा गएको थियोे ।
विकास निर्माण तथा कानुनी प्रक्रिया बिथोल्ने विकास निर्माणमा बाधा तथा क्षति पुर्याउने व्यक्ति शिवराम यादवलाई कानुनी अनुसार स्पष्टीकरण लिई कार्यवाही हुनुपर्छ – पालिका अध्यक्ष शिवउदगार यादवको मांग छ ।








प्रतिक्रिया