जनकपुर को जानकी आँखा अस्पताल चरम भ्रष्टाचारको चपेटामा

न्यूज डेस्क     २०८० श्रावण १८, बिहीबार १२:०१ बजे मा प्रकासित


मधेसपाटी  जनकपुर –
हाम्रो देश अहिले भ्रष्टहरु कै हाली मोहाली भ्रष्टाचारिहरु कै बिगबिगी छ। विगत मा भोला सिंह लाइन्स मिथिला स्कूल डुबाउंने अध्यक्षले अब जानकी आँखा अस्पताल र रेडक्रस डुबाउंने तैयारी मा रहेका एक स्थानीय युवा नेता तथा ससक्त अभियानी को आरोप छ ।
रामानंद चौक नजिकै नेपाल रेडक्रस सोसाईटी माताहतको श्री जानकी आँखा अस्पतालमा पनि घनघोर घोटाला हुने गरेको श्रोतको भनाई छ।
पत्रकार, नागरिक समाज देखी बिभिन्न अभियानिहरु को दृष्टि पुग्न नसकेको उक्त जानकी आँखा अस्पतालमा कार्यकारी अध्यक्ष नरेश सिंह लगायतका केहि पदाधिकारी र कर्मचारी हरुको मिलोमतो मा ब्यापक अनियमितता हुने गरेको श्रोतको भनाई छ। बिभिन्न उपकरण, औषधि, सामानहरु को खरीदमा समेत ब्यापक अनियमितता हुनु को साथै अस्पताल भित्र रहेको चश्मा घरमा समेत केहि अमुक पात्रहरुको साझेदारी छ।
दैनिक ४/५ चार पांच सय बिरामी चेक जांच हुने उक्त अस्पतालको शुल्क रु ओपिडी 50 र आकस्मिक रु.250/- रहेको छ।
नियुक्ति देखी लिएर बिभिन्न पदहरुमा चलखेल हुनुको साथै आफन्त, नजदीकी र मुद्रा दिने लाई नै बढी मान्यता दिने गरेको र अपारदर्शी ढङ्गले हाल सम्म उक्त आँखा अस्पताल संचालनमा रहेको देखिन्छ।
का.मु प्रसाशकीय अधिकृत दीपेन्द्र सिंह र अध्यक्ष नरेश सिंह को प्रमुख युगलबन्दीमा अस्पतालमा बिभिन्न चलखेल हुने गरेको छ। बिगतमा नरेस सिंह भोला सिंह लायन्स मिथिला इंग्लिस स्कूलको अध्यक्ष हुँदा नै उक्त स्कूल सखाप भए झै यो संस्था पनि सखाप हुने बाटो तीर अग्रसर देखिन्छ। तसर्थ सम्पूर्ण सरोकारबाला सँगै समाज, पत्रकार एवं अभियानिहरु ले यस संस्था माथि बिशेष ध्यान दिनु आवश्यक।रहेको स्थानीय युवा अभियानी सरोज मिस्र को जिकिर छ।

प्रतिक्रिया





Top