विष्णुदेव सरदार,लहान /श्रावण १८ गते । कर्मचारी व्यवस्थापन सुस्त रहँदा जिल्ला प्रशासन कार्यालय सिराहाले सेवा प्रवाहमा समस्या देखिएको छ ।
नागरिकता ,राहदानी पासपोर्ट , राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीहरु बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो रोजीरोटी कामकाज छाडेर लाइनमा लाग्छ । तर, दैनिकरुपमा नागरिकता प्रतिलिपी लिन १ सय जनाभन्दा बढीलाई नदिदा समस्या थपिदै गइरहेको छ ।
यो सँगै लाइनमा लागेका सेवाग्राहीले फाइल कर्मचारीलाई दिन्छ – कर्मचारीले फाइल तलमाथि गरिदा दिनहुँ बेलाबेलामा सेवाग्राहीहरु आक्रोशित बन्न पुगेको अवस्था छ ।
समग्रमा भन्दा- जिल्ला प्रशासन कार्यालय सिराहामा “ठुलालाई चैन, सानालाई बैचेन” जस्तै हुने गरेको अवस्था छ ।
जिल्ला प्रशासन सिराहामा नेता, पुलिस , अफिसियल कर्मचारीहरुलाई लाइनमा पनि लाग्नु पर्दैन कार्यालय समयमा जतिबेला उनीहरूका लागि ठोका खुल्ने गरेको रहस्य देखिन्छ ।
उनीहरूलाई भित्रभित्रै सेटिङ्गका आधारमा काम भई हाल्छ। तर, निमुखा , असहाय , गरिब , दलित मारमा पर्ने गरेको अवस्था छ।
अफिस हाताभित्र ठुलाले केही गल्ती गरे पनि प्रहरीले छुट हुन्छ । तर, निमुखा अनपढले गल्ती गर्दा हात र लात्तको सिकार बन्न पुग्छ । आज प्रत्यक्ष हेरिएको छु।
जिल्ला प्रशासन सिराहाको ठाउँ फेरियो , कार्यालय फेरियो , लगातार प्रमुख जिल्ला अधिकारी ( सिडियो ) फेरिदाँ समेत सेवा प्रवाह समुचित ढङ्गबाट हुन गरेको छैन ।
सेवाग्राहीहरु भन्छन् – जिल्ला प्रशासनमा प्रहरी प्रशासन , कर्मचारी बिचौलियाहरुबाट बिना घुस साधारण काम पनि समय टाल्दाटाल्दै हप्तौं दिनमा हुने गरेको बताउँछन् ।
यो सँगै सेवाग्राहीहरुका अनुसार – अफिसका केही कर्मचारीहरुलाई केही सोध्दासमेत झर्केर रिसाएर बोल्ने गरेको आरोप छ ।
जनतालाई छिटो छरितो र भयरहित सेवाका निम्ति सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले थप सक्रिय भुमिका खेल्नु पर्ने देखिन्छ ।
आज जिल्ला प्रशासन कार्यालय सिराहामा केही सेवाग्राही यस्तो प्रतिक्रिया जनाएका छन् ।
(i) टोकन प्रणालीमा सुधार ।
(ii) प्रशासन कार्यालय परिसरमा कर्मचारीले भयरहित सेवा दिनुपर्ने वातावरण बनाउनु पर्छ।
(iii) अफिसियल फाइल कार्यालय कर्मचारी बाहेक बिचौलियाले नछुनु पर्ने ।
(iv) नागरिकता, राहदानी पासपोर्ट , राष्ट्रिय परिचयपत्रका लागि प्रत्येक पालिकाको दैनिक कार्यतालिका निर्धारण गरिनु आदि राम्रा र सबलपक्षलाई व्यवस्थित गरिदै जानुपर्छ भने सेवाग्राहीहरुको धारणा रहेको छ।
यता, सेवाग्राहीको दैनिक रुपमा समस्या तथा सास्तीबारे सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी आन्नद पौड्याललाई मोबाइल न. ९८५२८३७७७२ मा सम्पर्क गर्दा फोन उठाउनु भएन् ।
प्रतिक्रिया