साधुको हत्यारा पूर्ववडाअध्यक्ष नुरूल्लाह फेरि आफ्नै काकालाई भारतीय सुटर बोलाएर हत्या गराए आराेप

न्यूज डेस्क     २०८० श्रावण २२, सोमबार २२:४८ बजे मा प्रकासित


रौतहट, २२ साउन । गत साउन ११ मा जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो तर कुशवाहा र सेराजको बारेमा एक शब्द पनि बोलेन।

पुजारी र तैयब गरी दुई हत्या काण्डका अभियुक्त पक्राउ पर्दा पनि प्रहरीले सार्वजनिक प्रतिक्रिया नदिँदा सर्वत्र शंका उठेको छ। प्रहरीले घटनालाई मिडियामा आउन नदिन ठुलो चलखेल गरेको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगर सरुवाको कगारमा रहेको र घटनालाई सामसुम पार्न चलखेल भइरहेको पनि बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले पत्रकारहरुले घटनाबारे नसोधेका कारण यस विषयमा नबोलेको बताए। पक्राउ परेको विषय अनुसन्धानकै शिलशिलामा रहेको कारण पनि घटनाबारे प्रहरीले प्रतिक्रिया नदिएको प्रवक्ता डिएसपी यादवको भनाइ छ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका प्रमुख बद्री कार्कीले आफू बिदामा रहेकोले जुनियर अधिकृतलाई सोध्न भन्दै घटनाबारे केही बताउन मानेनन्।

प्रतिक्रिया





Top