अपडेटः  स्याङ्जामा माइक्रो र बस ठोकिँदा १३ जना घाइते (नामसहित)

न्यूज डेस्क     २०८० श्रावण २३, मंगलवार ०८:०३ बजे मा प्रकासित


काठमाडौं, २३ साउन । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका ४ गौराथोकमा सोमबार बेलुका ५ः५० बजे माइक्रो (हाईस) र बस एक आपसमा ठोकिँदा तेह्र जना घाइते भएका छन् ।

काठमाडौँबाट गल्याङतर्फ जादै गरेको बा ३ ख १००३ नम्बरको हाईस र सुनौलीबाट पोखरा तर्फ जादैँ गरेको GJ05bx2323 नम्बरको भारतीस बस एक आपसमा ठक्कर खादा हाईसमा सबार १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिएका छन ।

काठमाडौँकाे स्याङ्जा जादैँ गरेका श्रद्धालु बाटोमै माइक्रो दुर्घटना केही घाइते

घाइते हुनेमा स्याङ्जा वालिङ नगरपालिका २ बस्ने ३७ वर्षीय पवित्रा सोनाम, २३ वर्षीय मुना गुरुङ, ९ बस्ने ५८ वर्षीय दुर्गा बहादुर गुरुङ, , १३ बस्ने मन्जु एस के, ८ बस्ने ३५ वर्षीय सरीता रेग्मी, २३ वर्षीय सुमत्र थापा, भिरकोट नगरपालिका घर भई हाल वालिङ नगरपालिका १ बस्ने ६६ वर्षीय मनसुभा नेपाली, चापाकोट नगरपालिका ३ बस्ने ४७ वर्षीय बेद बहादुर थापा, ४ बस्ने ४० वर्षीय मिन बहादुर सारु, पर्वत बिहादी गाउँपालिका ४ बस्ने ७९ वर्षीय रुकमागत भुसाल, ६ बस्ने ५३ वर्षीय टेक बहादुर बस्याल, हाइस चालक डोटीको दिपायल सिलगढ़ी नगरपालिका घर भई गल्याङ नगरपालिका बस्ने ४० वर्षीय पुरन बोहोरा रहेका छन् ।

घाइते सहचालकको नाम थर भने नखुलेको प्रहरीले जनाएको छ ।

हाइस चालक र सहचालकलाई उपचारको लागि पोखरा पठाइएको छ भने बाँकीको वालिङमा उपचार भइरहेको छ ।

प्रहरीले दुवै सवारी साधन र भारतीय बस चालकलाई नियन्त्रणमा लिएको छ । भारतीय बसमा सवारी ४८ जना सबै जना सकुशल रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया





Top