मिर्चैया : शम्भु होटलमा एक मृत अवस्थामा शाव फेला

न्यूज डेस्क     २०८० श्रावण २४, बुधबार ०९:४८ बजे मा प्रकासित


सिरहा । मिर्चैया स्थित शम्भु होटलमा एक जनाको शव फेला परेको छ। मिर्चैया नगरपालिका वडा नम्बर ५ कटारी चोक अवस्थित शम्भु होटेलमा मृत अवस्थामा एक शाव फेला परेका हुन्। मृतक पाथीभराकापी उध्योग संचालक बिराटनगर १०बस्ने सुरेश भट्टराईको छोरा अन्दाजी २५ बर्ष सिधाान्त भट्टराई हुन ।

उनी कापीको मार्केटिङ गर्ने गाडी डराईभर सागर राई र उनी सङ्ग आएका थिए । डराईभर सागरको भनाई अनुसार मार्केटिङ गर्न हामीलाई सिरहा जानुपर्ने थियो तर हामीलाई राती पार्‍यो मिर्चैयामा सोही क्रममा हामी मिर्चैयाको सहदेव होटेलमा बासबस्नको लागि कोठा लियो ,राती १०.३० बजेसम्म सम्म हामी सङ्ग थियो म राती आफ्नो कोठामा गए, अनि उहीँ राती १ बजे अचानक मलाई होटेल साहुजीले मलाई भन्यो तपाईं छिटोभन्दा तल आउनुस अनि आफ्नो साहु सिधाान्तको मृत्यु भएको घटना बारे जानकारी प्राप्त भयो । म आफ्नो साहु सिधान्त जि लाई बास नबसेको होटेल अर्कोमा होटेल शम्भु होटेलमा मृत अवस्थामा फेला परेका देखदा म सन्सकित परे मृतक गाडी डराईभरको भनाई रहेको छ ।उनको मृत्यु बारे ईलाका प्रहरी कार्यालय मिर्चैया प्रमुख जितेन्द्र बस्नेतले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया





Top