तस्करीमा प्रहरीकै संलग्नता, नाकामा खुल्लेयाम यसरी हुन्छ तस्करी

न्यूज डेस्क     २०८० श्रावण २४, बुधबार २०:१२ बजे मा प्रकासित


सिरहा । सिरहाको विभिन्न नाका हुदै प्रहरी प्रशासनकै मिलिभगतमा खुलेयाम तस्करी भई रहको छ ।

प्रहरी प्रशासनले सोनो व्यपारी देखी ठुलो व्यपारी सम्म विभिन्न नाकाबाट माल समान पास गराउन मासिक रुपमा तिन हजार देखी १० हजार सम्म एरियामा पर्ने ईलाका प्रहरी चौकीले लिने गरेको नाम नछापने सर्तमा एक व्यपारीले बताए ।

व्यपारीका अनुसार हामीहरु मासिक रुपमा प्रहरी चौकीलाई पैसा दिए पछि उनीहरु जिल्ला प्रदेश सम्म सेटिङ्ग मिलाएको हुन्छ । त्यस कारण हामीहरु सहजै संग दैनिक सुर्तिजन्य सामान,कपडा,कोस्टमेटिक,दाल चिनी ,दुध लगायत दैनिक उपभोग्य साम्रगीहरु लाखौ मुल्य बराबरको पास गर्ने गराउने गरेको बताए ।

त्यतीमात्र कहाँ हो हामी दैनिक एक पटक थौरै समानको भन्सार काटे पछि दिनभर सके सम्म दुवानी गर्ने गरेको बताए ।

 

छिमेकी देश भारतबाट समान ल्याउदा हामी पोका पोका गरेर टाँउकोमा बोकेर ल्याउदा हामीलाई सहज रुपमा चेक पोस्टमा बसेका शसस्त्र प्रहरी ,भन्सार कर्मचारीहरु आउन दिन्छ ।

उक्त व्यपारीका अनुसार हामी जिरोमाईल वरियारपट्टी सडक खण्डबाट दैनिक दुई दर्जन भन्दा बढी साना ठुला व्यपारीहरु सामानहरु ल्याई गोलवजार,लहान,धनगढी,मिर्चैया सम्म पुर्याउने गरेको बताए । यसरी सडकमा त्यहाँ सम्मलान प्रहरी प्रशासन नै सहयोग गर्ने गरेको बताए ।

विभिन्न स्थानहरुमा चेक प्वाइन्टमा बस्ने प्रहरी प्रशासन तथा भन्सारकार कर्मचारीहरुलाई प्रति खेप एक सय रुपैया दिने गरेको उनले बताए ।

यसरी हामीहरु सहजै रुपमा अबैध तारिकाले प्रतिवन्धित समानहरु समेत नेपाली बजारहरुमा पुर्याउने गरेको बताए । यस विषयमा हामी ईलाका प्रहरी कार्यालयका ईन्र्चाजहरु संग बुझदा हामीहरु रकम नलिने गरेको बताए ।

त्यस्तै जिल्लाका धुमुवा भई काम गर्नेहरु समेत व्यपारीहरु संग रकम लिई रहेको स्थानियहरुले बताउछन् ।

यता नाका संग जोडिएका विभिन्न सडकहरु भई बस,टेम्पुमा खुल्लेयाम आउने गरेपनि प्रहरी प्रशासन मौन बस्नु नै संलग्नता मासिक रुपमा रकम लिई समान पास गराउने गरेको स्थानियहरुको भनाई रहेको छ ।

प्रतिक्रिया





Top