महिनावारी भएकी किशोरीलाई गोठको बास, बिषालु सर्पले डस्दा अकालमै मृत्यु

मधेशपाटी अनलाइन     २०८० श्रावण २४, बुधबार २०:२७ बजे मा प्रकासित


झापा । बैतडीमा महिनावारी भएका बेला गोठमा सुतेकी एक किशोरीको बिषालु सर्पको डसाईबाट मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दलाई गोठमा सुतिरहेका बेला मङ्गलवार राती सर्पले डसेको थियो । उनको बुधवार बिहान मृत्यु भएको गाउँपालिकामा कार्यरत कर्मचारी प्रेमबहादुर चन्दले जानकारी दिए । ‘महिनावारी भएको चार दिन भएको रहेछ, गाई र्भैँसीकै गोठमा सुतेकी रहिछन्, उनले भने, ‘मध्यरात सर्पले डसेछ, आफन्तले वैद्यलाई बोलाउन गएको समयमा घरमै उनको मृत्यु भयो ।’

अनिता नजिकैको जवलपुर मावि सैलोडामा ९ कक्षामा अध्ययनरत थिइन् । महिनावारी भएको बेला देवीदेवता रिसाउने भन्दै धेरैजसो महिला तथा किशोरी गोठमै सुत्ने गरेका पनि चन्दले बताए । महिनावारी भएका बेला घरमा बस्न नहुने गलत मान्यताका कारण महिलाले हरेक महिना गोठमा जोखिमपूर्ण जीवन बिताउनु परिरहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया





Top