सिरहामा मिटरब्याजी महिला सुजाता साह पक्राउ

न्यूज डेस्क     २०८० श्रावण २५, बिहीबार १५:३४ बजे मा प्रकासित


सिरहा । चर्को मिटरब्याजको धन्दा चलाउने सिरहाका मिटरब्याजी एक महिला पक्राउ परेकी छन् । मिर्चैया नगरपालिका- वडा नम्बर ६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन् ।

उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । ममतादेवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जनाए ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौँ उजुरी परेको छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।

प्रतिक्रिया





Top