शरीरमा लागूऔषध बेरेर ल्याएका ३ भारतीय पक्राउ

न्यूज डेस्क     २०८० श्रावण २८, आईतवार ०६:५३ बजे मा प्रकासित


जनकपुरधाम । शरीरमा टेवलेट बेरेर लागूऔषध वीरगन्ज भित्र्याउने क्रममा पर्सा प्रहरीले ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार रामगढवाका ४० वर्षीय हेमताज आलम, २० वर्षीय अजितकुमार मलाह र इमतिहान आलम रहेका छन् ।

‘शंकास्पद रुपले हिँडेको पाएपछि प्रहरीले खनतलासी लिएको थियो,’ प्रवक्ता दिपक गिरीले भने, ‘उनीहरुले शरीरमा सेतो टेवलेट लागूऔषध एम्पुल,नुरफिन र डाइजापाम बेरेका थिए ।’ प्रहरीका अनुसार अजितको साथबाट ४ सय ७९ एम्पुल,हेमताजको साथबाट ४ सय ८० एम्पुल र इमतिहानको साथबाट ४ सय ७९ एम्पुल लागू औषध बरामद भएको हो ।

प्रतिक्रिया





Top