जनमत पार्टी : अनिता साह मन्त्री बन्दै , भाेलि शपथ

न्यूज डेस्क     २०८० श्रावण २८, आईतवार २२:१९ बजे मा प्रकासित


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइबार नै जनमत पार्टीलाई सरकारमा सामिल गराउने तयारी गरेको भए पनि त्यो सोमबारका लागि सरेको छ ।

चितवन पुगेका प्रधानमन्त्री काठमाडौँ आएपछि पार्टीको बैठकमा व्यस्त भए । बैठकबाट पार्टीका मन्त्री अमनलाल मोदीलाई फिर्ता गरेर उनको ठाउँमा जनमत पार्टीकी नेता तथा सांसद अनिता देवी साहलाई मन्त्री बनाउने सहमति गराए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको ठाउँमा अनितादेवीलाई नियुक्त गर्ने र सपथ ग्रहण गराउने कार्य भने सोमबार नै हुने तय भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने छन् । र, नवनियुक्त मन्त्री अनितादेवीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ सोमबार बिहान १० बजे ग्रहण गराउने कार्यक्रम तय भएको स्रोतको भनाइ छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार विहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ ।

प्रतिक्रिया





Top