सप्तकोशी ब्यारेजका ५६ वटा ढोका खोलियो, पानीको वहाव तिव्र

न्यूज डेस्क     २०८० श्रावण २९, सोमबार ०७:३६ बजे मा प्रकासित


मधेश पाटी,सप्तरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । आज बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जनाएको छ ।

पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् । कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया





Top