जनमतकी अनिता बनिन् सामान्य प्रशासन मन्त्री

न्यूज डेस्क     २०८० श्रावण २९, सोमबार १४:०४ बजे मा प्रकासित


जनकपुरधाम, साउन २९ गते । जनमत पार्टी संघीय सरकारमा सहभागी भएको छ । जनमत पार्टीबाट सांसद अनिता देवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आज पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।

यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।

यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

प्रतिक्रिया





Top