बिनोद निगम , नवलपरासी / ३० सावन । सोमवार साझ ७ बजे जङ्गली च्याउ सेवन गर्दा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ आवास टोलमा जंगली च्याउ – खाएर एकै घरका चार जना बिमारी भएका छन् । च्याउ खाएर स्थानीय वर्मा लोहारका ३ छोरी र १ छोरा बिमारी भएका हुन् ।
जङ्गली च्याउको सेवनले वर्माका छोरीहरू अन्दाजी १५, वर्षकी छोरी अनुपा लोहार बर्ष ११, कि आचल लोहार बर्ष अन्दाजी ९, कि अनु लोहार र एक १३, बर्षका छोरा
किसन लोहार बिरामी परेका हुन् । उनीहरूलाई उपचारको लागी सहिद स्मृती सामुदायिक अस्पताल चौपत्ता ल्याई उपचार भईरहेको र अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
घटनाको खबर पाउना साथ इलाका प्रहरी कार्यालय सेमरी बाट प्र.ना.नि.गोकर्ण चौहानको कमाण्डमा टोली पुगेकको थियो । अहिले उनीहरूको अवस्था सामान्य रहेको र कस्तो प्रकारको च्याउ सेवन गरे भन्ने कुरा खुल्न नसकेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले बताउनु भएको छ ।
प्रतिक्रिया