धनुषामा प्रहरी जवानले बालिकामाथि जवरजस्ती करणी गरेको आरोप लागेको छ । लालगढ चौकीका दुईजना प्रहरीले एक बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको भन्दै स्थानीयहरुले प्रहरी विरुद्ध सडकमा चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा स्थानीयहरुले करिव आधा घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध समेत पारेका छन् । ईलाका प्रहरी कार्यालय ढल्केवरबाट गएको प्रहरी टोलीले चक्का जाम खुलाएको एक प्रत्यदर्शीले बताएका छन् ।
स्रोतका अनुसार सायन ३० गते मंगलबार साँझ लाललढ चौकीका दुई जना प्रहरीले स्थानीय एक १२ वर्षीया बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको थियो ।
यता प्रहरीले बालिकासँग भएको जवरजस्ती करणीको घटनालाई भित्रभित्रै दवाउन र लुकाउन खोजेको र घटनामा संलग्न प्रहरीलाई बचाउन खोजेको भन्दै स्थानीयहरुले लालगढ प्रहरी चौकी अगाडी प्रदर्शन गर्दैछन् । स्रोतक अनुसार ईलाका प्रहरी कार्यालय ढल्केवरको टोलीले अहिले लालगढ चौकीमा भित्र घटना विषयमा सोधपुछ र छलफल गर्दैछ ।








प्रतिक्रिया