बिनोद निगम,नवलपरासी/ ७ भदाै । ईलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरिक्षक मेघनाथ चापागाईंको सरुवा भएको छ । विगत १६ महिनादेखि इलाका प्रहरी कार्यालय महेशपुरमा कार्यरत चापागाईंको सरुवा हुनु भएको हो ।
चापागाईको लमजुङ जिल्लामा सरुवा भएको जानकारी दिनुभयो । महेशपुरको बसाइका क्रममा सबैको सहयोग प्राप्त भएको भन्दै चापागाईंले आभार ब्यक्त गर्नुभयो ।
इलाका प्रहरी कार्यालय पश्चिम नवलपरासीको महेशपुरमा प्रहरी निरिक्षक फलबहादुर तामाङ आउनु भएको छ ।
तामाङ हाल काठमाडौं उपत्यका बाट महेशपुरमा आउनु भएको हो । प्रहरी प्रधान कार्यालयल सावन ३० गते मंगलबार नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो ।








प्रतिक्रिया