२ सातापछि नयाँ ट्रान्सर्फमर जडान

मधेशपाटी अनलाइन     २०८० भाद्र ७, बिहीबार १४:४७ बजे मा प्रकासित


सर्लाही, जयपुर । सर्लाहीको गोडैता नगरपालिका वार्ड न.२ जयपुर खराब भएको ट्रान्सर्फमर २ सातापछि जडान भएको छ । प्रदेश सांसद फकिरा महतो को निरन्तर प्रयासपछि आज ट्रान्सर्फमर जडान भएपछि स्थानीय हर्षित भएका छन ।

विगत २ सातादेखि विधुत अभावमा प्रचण्ड गर्मीमा नरकिय जीवन बिताउदै स्थानीयले विधुत सुचारु भएपछि महतोलाई धन्यवाद दिएका छन ।

विधुत ट्रान्सर्फमर बिग्रीएपछि विगत २ साता देखि स्थानीयवासी अँध्यारोमा बस्न बाध्य हुँदै आएको थियो । प्रचण्ड गर्मीका कारण रातभरी हामीले सुत्न पाएका थिएन, स्थानीय चन्द्रीक महतोले बताए । विधुत सुचारु भएपछि २ सातापछि यहाँका सर्वसाधारण अब फेरि रातभरी निर्धक्क रुपमा सुत्ने उहाँको भनाई छ ।

मेयर, विधायक र विधुत हाकिमबाट गएको शनिवार देखि नै आज भोलि भन्दै आश्वासन पाएपनी ट्रान्सर्फमर जडान हुन नसकेपछि स्थानीयवासी निराश भएका थिए ।

आज नयाँ ट्रान्सर्फमर जडान भएपछि प्रदेश सासद फकिरा महतो स्थानीयवासीसंग कुराकानी गर्दै जनताले मलाई बहुमुल्य मत दिएर चुनाव जिताएका कारण जनता पीडा आफनो पीडा रहेको बताए । प्रदेश सासद महतोले भने ।
ट्रान्सर्फमर खराब भएको दिनदेखि नै नयाँ ट्रान्सर्फमर जडानका लागि विधुत प्राधिकरण मलंगवा र प्रादेशिक कार्यलयमा तुरुन्तै जडानका लागि पहल गर्दै आएपनी ट्रान्सर्फमरको अभावका कारण ढिलो भएको उहाँले स्वीकारे ।
हिजो नै विधुत प्राधिकरण मलंगवाका प्रमुख उमेश यादव लाई लिएर जनकपुर पुगेका थियौं। तर त्यहाँ पनि ट्रान्सर्फमर नभएपछि प्रादेशिक कार्यलयबाट पहल गरि हेटौंडाबाट ट्रान्सर्फमर ल्याउने काम भएको छ । आज बिहान मैले स्वयम आफनो उपस्थितिमा ट्राफिक जडान गराएको छु । प्रदेश सासद महतोले भने । जनताको पीडा बुझ्न र उनीहरुको दुखमा मलहम लगाउन आफू प्रत्येक दिन कुनै न कुनै वार्डमा जनता बिचमा रहदै आएको उहाँले दाबी गरे ।

जयपुरमा २ सातादेखि ट्रान्सर्फमर खराब भएर सर्वसाधारण घर बाहिर रात काटन बाध्य हुँदै आएको थियो। बाहिर बस्दा र सुत्दा लामखुट्टेले दुख दिन्थ्यो भने अँध्यारो रातमा सर्पले टोक्ने डरले स्थानीय थप भयभित हुँदै आएका थिए । विधुतको अभावमा गाउँभरीका मोबाईल अफ भएर मोबाईल र ईन्टरनेट सर्म्पर्कबाट स्थानीयवासी बन्चिय हुँदै आएको थियो ।

प्रतिक्रिया





Top