बैदेशिक रोजगारीमा पुगेका युवाहरु द्वारा बिरामी यादवलाई ९७ हजार आर्थिक सहयोग

मधेशपाटी अनलाइन     २०८० भाद्र ७, बिहीबार १७:११ बजे मा प्रकासित


मधेश पाटी,जनकपुरधाम । बैदेशिक रोजगारीमा रहेका युवाहरु एकजुट भएर एक बिरामी लाई ९७,६०० आर्थिक सहयोग गरेको छ ।

धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १० मा बासिन्दा ४० वर्षिय बिरामी जुगल किशोर यादवलाई युवाहरुले सहयोग गरेको हो ।

TRAGS COMPANY बाट ३ महिनाको छुटीमा घर आउनु भएका थिए । बिरामी जुगल किशोर यादव पहिला जनकपुरको थापाचौक स्थित रहेका ग्रान्टेड होस्पिटलमा अपरेशन गराएको थियो ।

भुरीमा अपेनडिसको कारण भुरीमा बोसो बढेको थियो त्यसपछि पानी आउन लागयो र यादवलाई जनकपुरमा अपरेसन असफल भए ,अनि उहाँलाई पैसा धेरै खाँचो थिए तरपनि जसरी भएपनि जनकपुरमा उपचारको क्रममा ३ लाखसम्म पनि खर्च भयो तर ठिक भएन अनि उहाँलाई काठमाडौको वीर होस्पिटलमा फेरि अपरेसन गराउनुभयो र अहिले उहाँलाई रुपैयाँको धेरै खाँचो भएकोले क्षेत्रीय रसलाफान समितिको अगुवाइमा बैदेशिक रोजगार कतारमा रहेका युवाहरुले ९७ हजार ६०० सय रुपैयाँ सहयोग गरेको ई प्रमोद कुमार ठाकुरले जानकारी दिनुभयो ।

बिरामी जुगल किशोर यादवलाई सहयोग गराउने व्यक्तिहरुको संयोजकता यसप्रकारका छन् :-
रामकुमार मण्डल ,किशन यादव ,बिकास यादव ,कमल गजमेर,कमलेश यादव ,कुसेश्वर सहनी,रामबाबु राउत ,सुरेन्द्र कुमार कापर ,ई.प्रमोद कुमार ठाकुर लगायत सुरेन्द्र यादव उरफ जितेन्द्र कुमार, लगाएत साथी दाजुभाई हरुले बिरामीजुगल किशोर यादवलाई मदत गरेर सहयोग गरेको थियो ।

प्रतिक्रिया





Top