सिरहा, ११ भदौ । बरियारपट्टी युवा समाजको आयोजनामा यही कात्तिक २२ र २३ गते (मङ्सिर ८ र ९, २०२३) बरियारपट्टी–३ स्थित श्री जनता माविको प्राङ्गणमा ‘बरियारपट्टी विज्ञान तथा कला प्रदर्शनी–२०८०’ हुने भएको छ ।
बरियारपट्टी युवा समाजले कार्यक्रमलाई नवप्रवर्तन, सिर्जनशीलता र सामुदायिक संलग्नताका लागि मञ्च बन्ने प्रतिवद्धता जनाउँदै प्रदर्शनीमा सहभागी विद्यार्थीहरूको शैक्षिक स्तरलाई अगाडि बढाउने र प्रतिभालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा जिल्लाभरका विद्यार्थीहरुको विविधता ल्याउने उद्देश्यले सिरहा जिल्लाका सबै विद्यालयको सहभागिता हुने आयोजकले तयारी गरेको छ ।
प्रदर्शनीमा विज्ञान विधा, सामाजिक विधा, वातावरण विधा, सांस्कृतिक विधा र कला विधा जस्ता बिभिन्न विधा रहने छन् । प्रत्येक विधाको लागि, विजेता, प्रथम रनर अप र दोस्रो रनर अपले नगद पुरस्कार प्राप्त गर्नेछन्।
विजेताले नगद १५ हजार रुपैयाँ, प्रथम हुनेले १० हजार रुपैयाँ र दोस्रो हुनेले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् । माथि उल्लेखित विधाहरु बाहेक, +2 विधाका विजेताले पनि नगद १५,००० रुपैयाँ पुरस्कार पाउनेछन्। कार्यक्रम संयोजक सन्तोष कुमार यादवले बताएका छन ।
प्रदर्शनीमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थी सहभागी हुनेछन् ।
प्रतिक्रिया