जनकपुरः क्राईम ब्रान्चको प्रहरी हुँ भन्दै एक पसलमा लुटपाट पछि तीन जना फरार

न्यूज डेस्क     २०८० भाद्र १२, मंगलवार ११:१६ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधामस्थित एक पसलमा प्रहरी हुँ भन्दै लुटपाट गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित जनकपुरको नमस्कारचौक र पेठियाबजारको बीचमा रहेको स्थानीय राजीव साहले सँचालन गर्दै आएको राजीव किराना पसलमा गएराती करिब ९ः३५ बजेको समयमा लुटपाट भएको जनाईएको छ ।

हतियारसहित आएका तीन जनाले आफू धनुषा प्रहरीको क्राईम ब्रान्चको मान्छे हुँ भनी तर्साएर समान लुटेर लगेको बताईएको छ । साधारण तरिकाले समान लगेपछि लुटिएको थाहा पाएको पसल सँचालक राजीव साहले बताए ।

सुरुमा प्रहरी नै हो भनेर आफू समान दिएको र उनीहरुले आफू पनि कोल्ड ड्रिन्क, विस्कुट, चाउचाउ आदी लगायतका हजारौँको समान उठाएर लगेको बताएको हो ।

भारतीय नम्बर प्लेटको साईन गाडीमा ८८०४ नम्बर प्लेट लागेको थियो । सोही गाडीमा आएका तीन जना सवार अज्ञात व्यक्तिहरुले समान लुटेर लगेको बताईएको छ । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले अनभिज्ञता प्रकट गरेको हो ।

प्रतिक्रिया





Top