नेपाल र पाकिस्तानबीच एतिहासीक म्याच हेर्न २ बजेदेखि नगरभित्रका शैक्षिक संस्थाहरु बन्द निर्देशन

मधेशपाटी अनलाइन     २०८० भाद्र १३, बुधबार १४:३४ बजे मा प्रकासित


जनकपुरधाम, भदौ १३ गते । जनकपुरधाम उपमहानगरपालिकाले नेपाल र पाकिस्तानबीचको एतिहासीक म्याच हेर्नका लागि २ बजेदेखि नगरभित्रका शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको छ ।

बुधबार उपमहानगरपालिकाले एक सूचना जारी गर्दै सिमित स्रोत साधनका वावजुद नेपाल एसिया कपमा छनोट भएर भारत र पाकिस्तान जस्ता राष्ट्रसँग खेलिरहेकाले खेलाडीको हौसला बढाउन र विद्यार्थीहरुमा खेलप्रति उर्जावान भावना जागृत गराउन शैक्षिक संस्थाहरुमा विदा दिन निर्देशन दिएको हो ।

एसिया कप अन्तर्गत पहिलो खेल ३ बजेदेखि हुने भएकाले २ बजेपश्चात कुनै पनि कक्षा संचालन नगरी विदा दिन आदेश दिइएको उपमहानगरका उपसचिव मेहीलाल यादवले जानकारी दिए ।

प्रतिक्रिया





Top