सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुइजना पक्राउ

न्यूज डेस्क     २०८० भाद्र १६, शनिबार २१:२१ बजे मा प्रकासित


सिरहा १६ भदौ। सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुइजना लाई प्रहरीले पक्राउ गरेका छ्न् । पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका वडा नम्बर १७ माडरका ५२ बर्शिय प्रेम कुमार यादब र सोही ठाउँ वडा नम्बर ७ का ४२ बर्शिय सन्जय कुमार साह रहेका छन् ।

भारतको जयनगरबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरप्लेट बि.आर ७ सि ४२२४ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा कार अगाडिको सिट मुनि राखेर लुकाइ छिपाइ ल्याएको अवस्थामा रकमसहित उनिहरुलाई सिरहा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कार्वाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ।

प्रतिक्रिया





Top