जनकपुर : १८ वर्षीया युवतीको घरमै मृत्यु ,घटना दबाउने प्रयास

न्यूज डेस्क     २०८० भाद्र १८, सोमबार ०७:४२ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक युवतीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाकी १८ वर्षीया सरस्वती यादव छन् ।

तर स्थानीयले भने सरस्वतीको राति नै रहस्यमय मृत्यु भएको बताएका छन् । घटना ढाकछोप गर्ने प्रयास गरिरहँदा आज दिउँसो प्रहरीले खबर पाएपछि शव नियन्त्रणमा लिएको हो । एक छिमेकका अनुसार सरस्वतीलाई अनावश्यक औषधि खुवाइएपछि रक्तश्राव भएर राति नै घरमै मृत्यु भएको छ ।

प्रहरीले आज दिउँसो उनको शव नियन्त्रणमा लिएको हो । कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भन्ने आमाकी बालिकाले बयान दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।

 

यता केही राजनीतिक दलका नेताको सहयोगमा घटनालाई ढाकछोप प्रयास भइरहेको एक छिमेकले बताए । पोष्टमार्टम रिपोर्ट नआएसम्म कसरी उनको मृत्यु भएको भन्न सकिने डिएसपी गौतमले बताए । यो विषयमा उनले सुरुमा घटना समान्य रहेको पनि भने । तर पछि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने बताए ।

प्रतिक्रिया





Top